अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बीमा, छुट्टै कार्ड बोक्नुपर्ने झन्झट हट्यो
काठमाडौं । नेपाल सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई सघाउ पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै अब स्वास्थ्य बीमाका सम्पूर्ण विवरणहरू राष्ट्रिय परिचयपत्रको प्रणालीसँग एकीकृत हुनेछन्।
