विद्युतीय व्यावसायिक सवारी प्रवद्र्धनमा ससीला मोटर्स र काबरा ग्रुपबीच सहकार्य
काठमाडौं। नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको बजारलाई थप विस्तार गर्न ससीला मोटर्स प्रा.लि. र ओम्नी (काबरा) ग्रुपबीच रणनीतिक साझेदारी भएको छ। दुई कम्पनीबीच भएको सम्झौताअनुसार अब चिनियाँ ब्रान्डका चर्चित किटोन भ्यान र चेरी वान्डा बसको नेपालभरको आधिकारिक बिक्री–वितरण ओम्नी ग्रुपले गर्नेछ ।
