SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ३० फागुन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री, महिलामैत्री बनाउन कार्यवाहक प्रमुखको निर्देशन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट नै अपाङ्गता भएका व्यक्ति र महिलाहरुको पहुँचलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । आज वडा नम्बर ५ भित्रका निर्माणाधीन पूर्वाधार योजनामध्ये सानो गौचरन स्टेडियम र स्केटवोर्ड पार्कको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । सानो गौचरन स्टेडियममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संरचना नदेखेपछि उहाँले भन्नुभयो, ‘लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरुलाई प्याराफिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।’ अहिलेसम्म स्टेडियमको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।  सानो गौचरन स्टेडियम निर्माणका लागि २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको काम गरिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं