SHARE
अर्थ संवाद · शनिबार ३० फागुन २०८२ १२:०० AM · 1 मिनेट पढाइ

स्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् ।निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् ।उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ ।त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।