SHARE
बासुरी खबर · बिहीबार २८ फागुन २०८२ ०२:४६ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकका पनि दुवै क्षेत्रमा रास्वपा बलियो, प्रत्यक्षतर्फ भने कडा प्रतिस्पर्धा

सिन्धुपाल्चोक । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा निर्वाचन २०८२ को मतपरिणामले जिल्लाको राजनीतिक प्रतिस्पर्धा निकै रोचक बनेको देखिएको छ। प्रत्यक्षतर्फ दुवै क्षेत्रमा फरक–फरक दलका उम्मेदवार अगाडि देखिँदा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य मत प्राप्त गर्दै अग्रस्थान लिएको छ।