‘उम्मेदवारको खर्चमा पारदर्शिता देखिएन’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको खर्चमा पारदर्शीता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) को संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा निर्वाचनको अभियान खर्चमा कानुनी सीमा र वास्तविक खर्चबीच ठूलो अन्तर देखिएको उल्लेख छ।
