कृष्ण पोखरेल ग्रीसका लागि चेम्बर अफ कमर्सको प्रतिनिधि नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा व्यवसायी कृष्ण पोखरेललाई नियुक्त गरेको छ। जमलस्थित चेम्बर सचिवालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । उनको नियुक्तीसँगै नेपाल र ग्रीसबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र व्यावसायिक सहकार्य विस्तार हुने अपेक्षा चेम्बरको छ ।
