SHARE
अर्थ संवाद · आइबार​ २४ फागुन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्। त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् । यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन् । nमतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।