SHARE
अर्थ संवाद · आइबार​ २४ फागुन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । ४ बजेसम्मको मतगणना परिणाम अनुसार रास्वपा जिल्लाका चारैवटा क्षेत्रमा अग्रस्थानमा छ । सर्लाही क्षेत्र नम्बर १ को ताजा मतपरिणाम अनुसार रास्वपाले ३४१४ मतसहित स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) ९३४ मतसहित रहेको छ भने नेपाली कांग्रेसले ४२१ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ३७७ मतसहित चौथो स्थानमा रहेको छ ।