२ बजेसम्म देशभरि ६२ लाख मत खस्यो
काठमाडाैं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।
