खाडीमा युद्धको त्रासदी : युएईमा भएको इरानी ड्रोन आक्रमणमा नेपाली मारिएको पुष्टि
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा एक नेपाली मारिएको पुष्टि भएको छ। नेपाली राजदूतावास अबुधाबीका अनुसार ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेका छन् । २९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।
