पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको छ : निगम
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।
