निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना: एक जनाको मृत्यु, छ घाइते
रामेछाप । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।
