SHARE
कर्पोरेट समाचार · सोमबार १८ फागुन २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

झापा । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए। उनले जिल्लामा छ हजार ३८० अस्थायी मतदाता रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार