SHARE
बासुरी खबर · शुक्रबार​ १२ बैशाख २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गएको चैत्र १९ गते अन्त्य भएको थियो । शिक्षक आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही समय अगावै बोलाइएको हो ।