SHARE
बासुरी खबर · शनिबार १६ फागुन २०८२ ०२:३३ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन आयोग नेपाल र गृह मन्त्रालय, निर्वाचन सेलको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरिएको हो।