मध्यपूर्वका १२ देशमा जाने कामदारलाई श्रम स्वीकृती दिन रोक
काठमाडौं । सरकारले इजरायललगायत खाडी राष्ट्रमा श्रम स्वीकृती दिन रोक लगाएको छ। मध्यपूर्व तथा खाडी क्षेत्रमा हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो।
