देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा
काठमाडौं।आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा आजसम्म देशभरका ७५३ स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो ।
