बस दुर्घटनामा १६ जना शिक्षक घाइते
काठमाडौंबाट झापा आइरहेको नाइट बस दुर्घटना भएको छ। शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा आउँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते हुनुभएको छ।
