काठमाडौंमा रास्वपालाई धक्का, १४ नेताले दिए सामूहिक राजीनामा
प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय शमशेर राणाले राजीनामा दिएपछि काठमाडौँ ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।
