SHARE
बासुरी खबर · शुक्रबार​ १५ फागुन २०८२ ०४:०४ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

सिन्धुपाल्चोक । निर्वाचन खर्च प्रयोजनका लागि सिन्धुपाल्चोकमा ५ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्लामा ३६ जना उम्मेदवारमध्ये अहिलेसम्म ५ जनाले मात्रै बैंक खाता खोलेको आधिकारिक जानकारी कार्यालयमा आएको सूचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिए।