माछापुछ्रे बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालक अर्जुन कुमार गौतम को जिम्मेवारी औपचारिक रूपमा प्रारम्भ
काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्जुन कुमार गौतमले बैंकको सञ्चालक समितिका अध्यक्षसमक्ष सपथ ग्रहण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गरेका छन्। बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्षले नवनियुक्त स्वतन्त्र सञ्चालकलाई पद तथा गोपनीयताको सपथ गरेका हुन् ।
