SHARE
बासुरी खबर · मङगलबार १२ फागुन २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

शारदा माविद्वारा जापानी संस्था युनेस्कोलाई भव्य सम्मान

सिन्धुपाल्चोक । २०६४ सालमा श्री शारदा माध्यमिक विद्यालयको १८ कोठे पक्की भवन निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको जापानी संस्था युनेस्को (UNESCO) लाई विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको सहभागितामा विशेष सम्मान समारोह आयोजना गरिएको हो।