ओली–बालेन लक्षित गगन थापाको टिप्पणी– जिम्मेवारी नलिने र स्वार्थको रोटी सेक्ने दुवै अतिवादी सोच भएका
काठमाडौं । कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा देशमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् । बिहीवार सुर्खेतमा आयोजित चुनावी सभामा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
