हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा दिएको आवेदन बुधबार सुचिकृत भएसँगै अब आईपीओ ल्याउने बाटो खुला भएको हो । कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको थियो ।
