SHARE
मेट्रो न्युज काठमाडौं · मङगलबार १२ फागुन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने र पार्किङ् व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान

काठमाडौँ । सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले वहन गर्ने भएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सहरी विकास मन्त्री कुमार इङ्नाम, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, गृह सचिव राजकुमार श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलसहित पदाधिकारीको सुन्धारा, धरहरा क्षेत्रमा बसेको बैठकले धरहराभित्र भूमिगत तलामा रहेको पार्किङ् स्थल व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकालाई प्रदान गर्ने निर्णय भएको छ । यस ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्न सक्छन् ।  धरहरा क्षेत्रको पूर्वाधार निर्माण र विद्यमान व्यवस्थापन अभ्यासको अवलोकन निरीक्षण गरिसकेपछि बैठक बसेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं