वडा भू-प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीहरुलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु
काठमाडौँ । वडाबाट भू-प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुका लागि क्षमता विकास तालिम सुरु गरेको छ । महानगरपालिकाको ४७ औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रुपमा १० वटा वडाबाट भू-प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरपालिकाको संयुक्त आयोजनामा आज हरेक वडाबाट ३ जना कर्मचारीका लागि तालिम सञ्चालन गरिएको हो ।
