जेष्ठ नागरिकको सम्मान र सुरक्षालाई उच्च प्राथमिकता : तामाङ
सिन्धुपाल्चाेक । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका शेरबहादुर तामाङले चौतारामा जेष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै चुनावी अभियानलाई सामाजिक सरोकारसँग जाेडेकाे छ। घरदैलो कार्यक्रमलाई केवल मत माग्ने अभियान नभई अनुभव र सुझाव संकलन गर्ने अवसरका रूपमा लिँदै उहाँले जेष्ठ नागरिकका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
