SHARE
बासुरी खबर · शुक्रबार​ ८ फागुन २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

इन्द्रावतीको विकास अनुभवलाई आधार बनाउँदै बंशलाललाई जिताउन मन्त्री तामाङको आग्रह

मेलम्ची । बागमती प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार बंशलाल तामाङको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले बंशलाल तामाङले इन्द्रावती गाउँपालिकामा अध्यक्ष रहँदा नमुना विकास कार्य गरेको उल्लेख गरे।