SHARE
बासुरी खबर · सोमबार ११ फागुन २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकका ६ वटा मतदानस्थल अति संवेदनशील

सिन्धुपाल्चोक । आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लामा मतदान स्थलको सुरक्षा अवस्थालाई आधारमा वर्गीकरण गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका छवटा मतदान स्थल अति संवेदनशील रहेको विश्लेषण गरिएको छ। त्यस्तै ६३ वटा संवेदनशील र ७७ वटा मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।