इन्द्रावती–१० का युवा सुरेन्द्र पौडेल कांग्रेस प्रवेश, एमाले परित्याग
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० का युवा सुरेन्द्र पौडेलले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। काठमाडौँमा बसोबास गर्दै आएका इन्द्रावतीवासी बुद्धिजीवी, शिक्षक, व्यवसायी, विद्यार्थी तथा अग्रज व्यक्तित्वहरूको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
