बच्चाबच्चीले पनि प्रधानमन्त्री बन्छु भन्छ, तर घोषणा गर्दैमा बन्दैन : अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् । आज झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले सरकार छाड्नासाथ देशमा कुनै काम नहुने जिकिर गरे । आफ्नो नेतृत्वको सरकारले व्यापक काम गरेको देखेर विरोधीहरू थर्कमान हुने ओलीको भनाइ थियो ।
