सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवार सापकोटा र दुलालद्वारा विकास केन्द्रित घोषणा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा नेकपाका उम्मेदवारहरू सार्वजनिक प्रतिबद्धतासहित मतदातामाझ उत्रिएका छन्। क्षेत्र नं. १ का माधव सापकोटा र क्षेत्र नं. २ का युवराज दुलालले चौतारामा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।
