कांग्रेसले एक–चारको नीतिबाट देशको आसन, भाषण र शासनमा सुधार गर्छ: उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङ पुगेका शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताएका हुन् ।
