पेट्रोल र डिजेलको मूल्य बढ्यो,कति पुग्यो?
काठमाडौं। नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल निगम I बाट आइतबार प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर रु. १.५१ र डिजेलमा रु. ५.०२ ले वृद्धि भई आएको थियो।
