भद्रपुरलाई कोशी पाथिभरा इण्डो नेपाल क्रिकेटको उपाधि
हिमाल खरेल,बिर्तामोड आयोजक भद्रपुर क्रिकेट क्लबले कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । भारत आसामको राइनोल्याण्ड क्रिकेट क्लबलाई आज फाइनलमा ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि रक्षा गरेको हो । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा उल्लेख्य दर्शकका माझ दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि भद्रपुर च्याम्पियन बन्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
