पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा
काठमाडौं ।अन्तर्राष्ट्रिय परिधान ब्रान्ड जकीले काठमाडौंको व्यावसायिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको उक्त शोरूममा पुरुष, महिला तथा बालबालिकाका लागि जकीका विभिन्न उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नयाँ स्टोरमा इनरवेयर, एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल तथा दैनिक प्रयोगका लुगाहरूको विस्तृत संग्रह राखिएको छ।
