नेकपाको घोषणापत्र : पाँच वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५० हजार अतिरिक्त रोजगारी थप्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य नेकपाले राखेको छ ।
