SHARE
बासुरी खबर · बुधबार ७ साउन २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

थाङ्पालधाप माध्यामिक विद्यालयमा बिद्यार्थीहरुको बिद्युतीय हाजिरी सुरु

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक विद्यालय थाङ्पालधाप माध्यामिक बिद्यालयकालाई प्रविधी मैत्री विद्यालय विकासको निमित्त विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका सबै शिक्षकको हाजिरी डिजिटल माध्यबाट भईसकेको र विद्यार्थीका लागि थाङपाल धाप माविबाट शुरूवात भएको गाँउपालिकाका सुचना प्राविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिए ।