हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित क्लिकमाण्डु सिम्पोजियम कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्री अर्यालले कुनै पनि व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्ने राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई पूरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
