SHARE
बासुरी खबर · बिहीबार ८ साउन २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद्का नयाँ सदस्यहरूद्वारा सपथ ग्रहण

हेटौंडा । बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद्का लागि नयाँ सदस्यहरू मनोनयन गरेको छ। साउन ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार छ जना सदस्य मनोनयन गरेर आज सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो। प्रदेश सरकारद्वारा जारी ‘प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार परिषद् गठन गरिँदै आएको हो।