SHARE
बासुरी खबर · बिहीबार ८ साउन २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

तातोपानी नाकाबाट नेपाल फर्किएकामध्ये ७० जनालाई कङ्रेस नेता तिमिल्सिनाद्वारा रसुवा जान दुई वटा बसको व्यवस्था

सिन्धुपाल्चोक । बाढीले चीनमा अड्किएर बुधबार तातोपानी नाकाबाट नेपाल फर्किएकामध्ये ७० जनालाई सुवास तिमिल्सिनाले रसुवा जानका लागि दुई वटा बसको व्यवस्था गरेका छन् । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका २०३ जनामध्ये ७० जना रसुवाका थिए ।