नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न
काठमाडौं । नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन तथा आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आइतबार सम्पन्न भएको छ। माघ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सञ्चालनमा आएको प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ताले भ्रमण गरेका आयोजकले जनाएको छ।
