नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित
काठमाडाैं । नेपाल ब्यवस्थापन संघ (म्यान) को अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न साधारणसभाले अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, महासचिवमा ईन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।
