रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नं १ बाट उम्मेदवार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज उक्त विवादमा सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
