त्रिपुरासुन्दरी ५ का पहिरोको जोखिममा रहेका पाँच घरपरिवार सुरक्षित स्थानमा सारियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बिगल र पाथरकाका पाँच घरपरिवारलाई गैरी गाउँमा अस्थायी टेन्ट निर्माण गरी बास बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।
