नियुक्ति नदिए केन्द्रीय कार्यालयमा धर्ना बस्ने हेलम्बु-मेलम्ची वितरण केन्द्रका कर्मचारीको चेतावनी
मेलम्ची। नेपाल विद्युत प्राधिकरण हेलम्बु-मेलम्ची वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक-पटक सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन् ।
