माओबादी केन्द्र पार्टी स्कुल विभागको प्रशिक्षण कार्यक्रमको पूर्व सभामुख सापकोटाद्वारा उद्घाटन
सिन्धुपाल्चाेक । नेकपा (माओबादी केन्द्र) पार्टी स्कुल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–चौतारामा आयोजित कार्यक्रमको पूर्व सभामुख अग्नी प्रसाद सापकोटाले आज उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले राज्यका सबै अंगहरू हाल “प्यारालाईज” अवस्थामा रहेको टिप्पणी गरे ।
