SHARE
बासुरी खबर · शुक्रबार​ ९ साउन २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

बागमती कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । २१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको एक सांसदले बताए ।