SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ २५ माघ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

माघ २७ गतेदेखि काठमाडौँ महानगरपालिका भित्र पाठेघरको मुखको क्यान्सर विरुद्ध छात्राहरुका लागि एचपीभी खोप सञ्चालन हुने  

काठमाडौँ । माघ २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एपपीभी खोप सञ्चालन हुने भएको छ । आज महानगरमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइन्छ ।  यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।  बैठकमा कार्यवाहक प्रमुख डंगोलले, पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनुभयो । ‘यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरौँ र नतिजामा पुगौँ ।’ उहाँले आग्रह गर्नुभयो ।  पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।  स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘सरकारले यो कार्यक्रमलाई सेवामूलक बनाएको छ । पैसा तिर्नु नपर्ने भएपछि मानिसहरुले अनेक अड्कल र शंका गर्ने गरेका छन् । तर, यो खोप छात्राहरुलाई पो निःशुल्क हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं